Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी, पहाडी भूभागको मौसम बदली

  •   २ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव रहेको छ । यसको कारणले हाल  देशका पहाडी  भूभागमा  आंशिक  बदली रही  बाँकी  भूभागको  मौसम   सफा  रहेको  छ  ।

आज आइतबार दिउँसो  लुम्बिनी  प्रदेश  र सुदूरपश्चिम प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागको  मौसम   सफा  रहने  छ ।

त्यस्तै आज राति कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सहित  देशका  पहाडी  भूभागमा  आंशिक  बदली  रही  बाँकी  भूभागमा  मौसम मुख्यतया  सफा  रहने  छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भूभागका  एकदुई  स्थानमा  हल्का  हिमपातको सम्भावना  रहेको  महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप