Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सामाजिक संजालमा #BoycottCAN अभियान ।

नेपाल क्रिकेट संघ क्यानको विरोधमा #BycottCAN

  •   ४ वर्ष अघि | २० माघ २०७९, शुक्रबार

माघ २०, काठमाडौं । समाजिक सञ्जालमा युवा क्रिकेटर सन्दीप लमिछानेलाई राष्ट्रिय क्रिकेट टोलिमा समाबेश गराएको भन्दै नेपाल क्रिकेट संघ क्यानको विरोध सुरु भएको छ। बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै केही सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले #BoycottCAN को अभियान सुरु गरेका छन। उनीहरुले भोलि माघ २१ गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न घोषणा समेत गरेका छन। त्यसैगरी सबैलई विरोध प्रर्दशनमा उपस्थित हुनको लागी आह्वान पनि गरेका छन्।


सामाजिका सञ्जाल ट्विटरमा बसन्त गौतमले #BoycottCAN भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्‍याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ ।’ त्यसै गरी माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान #BoyCottCAN’ यस्तै ट्वीटको संख्या अहिले बढिरहेको छ । सामाजिक संजालमा #BoycottCAN अभियान को अभियान  नै चलेको छ ।


थप