Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मनसुनको डेढ महिना सकियो तर वर्षा भने कम

  •   १ वर्ष अघि | १५ साउन २०८२, बुधबार

साउन १४, काठमाडौँ । यस वर्ष नेपालमा मनसुन सुरू भएको करिब डेढ महिना भइसकेको  छ।

पुर्बी नेपालमा गत जेठको १५ गते रातिबाट मनसुन भित्रिएको थियो। यस वर्ष ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ। उक्त वर्षाका कारण ५ सय बढी विपद्का घटनाका साथै जनधनको क्षति पनि ठूलो भएको छ।

तर जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुनमा देशभरका कुनै पनि ठूला नदीमा बाढीले खतराको तह भने पार गरेको छैन।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो। तर अहिलेसम्म पनि देशका ठूला नदीहरूमा बाढीले खतराको तह भने पार गर्न सकेको छैन।

महाशाखाका प्रमुख विनोद पराजुलीले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत मात्र वर्षा भएको बताएका छन।

  • न्युज बहार संवाददाता

थप