Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

दारी ग्याङद्वारा लाल बहादुर बिकको मुद्दामा कलम चलाउने पत्रकार सबिन घिमिरेलाई सम्मान।

  •   ४ महिना अघि | २८ साउन २०८०, आइतवार

साउन २८, काठमाडौँ । युवाको सामजिक समुह दारी ग्याङले पत्रकार सविन घिमिरेलाई सम्मान गरेको छ ।

लाल बहादुर बिकको मुद्दामा सात महिना देखी निरन्तर र अटुट रुपमा लागि परेका पत्रकार सबिन घिमिरेको कामको स्वागत तथा कदर गर्दै दारी ग्याङले उनलाई प्रशंसा पत्र प्रदान गरेको हो ।

साउन २७ गते शनिबारको दिन भएको दारी ग्याङको मासिक भेलाका अबसरमा ग्याङका केन्द्रिय अध्यक्ष दिपेश सिग्देलले पत्रकार घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका हुन ।

यस कार्यक्रममा बिना कसुर सजाँय भोग्नु परेका पिडित लाल बहादुर बिकको पनि उपस्थिती रहेको थियो ।  बिकले दारी ग्याङबाट पाएको साथ सहयोगको लागी ग्याङका सबै सदस्यहरुलाई धन्यबाद दिएका थिए ।   

यस कार्यक्रममा पत्रकार सबिन घिमिरेले लालबहादुर बिकको मुद्दाको सुरुवात देखी पछील्लो दिनसम्मको घटनाक्रमहरु र यसमा दारी ग्याङको भुमिकाबारे जानकरी प्रस्तुत गरेका थिए ।

यसका साथै दारी ग्याङका सदस्य महेश्वर घिमिरेले दारी ग्याङबाट हुन लागेको नयाँ अभियान बारे जानकारी प्रस्तुत गर्दै सो अभियानको लोगो लालबहादुर बिकको हातबाट सार्वजनिक गराएका थिए । 

  • न्युज बहार संवाददाता

थप