Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दारी ग्याङद्वारा लाल बहादुर बिकको मुद्दामा कलम चलाउने पत्रकार सबिन घिमिरेलाई सम्मान।

  •   ३ वर्ष अघि | २८ साउन २०८०, आइतवार

साउन २८, काठमाडौँ । युवाको सामजिक समुह दारी ग्याङले पत्रकार सविन घिमिरेलाई सम्मान गरेको छ ।

लाल बहादुर बिकको मुद्दामा सात महिना देखी निरन्तर र अटुट रुपमा लागि परेका पत्रकार सबिन घिमिरेको कामको स्वागत तथा कदर गर्दै दारी ग्याङले उनलाई प्रशंसा पत्र प्रदान गरेको हो ।

साउन २७ गते शनिबारको दिन भएको दारी ग्याङको मासिक भेलाका अबसरमा ग्याङका केन्द्रिय अध्यक्ष दिपेश सिग्देलले पत्रकार घिमिरेलाई प्रशंसा पत्र प्रदान गरेका हुन ।

यस कार्यक्रममा बिना कसुर सजाँय भोग्नु परेका पिडित लाल बहादुर बिकको पनि उपस्थिती रहेको थियो ।  बिकले दारी ग्याङबाट पाएको साथ सहयोगको लागी ग्याङका सबै सदस्यहरुलाई धन्यबाद दिएका थिए ।   

यस कार्यक्रममा पत्रकार सबिन घिमिरेले लालबहादुर बिकको मुद्दाको सुरुवात देखी पछील्लो दिनसम्मको घटनाक्रमहरु र यसमा दारी ग्याङको भुमिकाबारे जानकरी प्रस्तुत गरेका थिए ।

यसका साथै दारी ग्याङका सदस्य महेश्वर घिमिरेले दारी ग्याङबाट हुन लागेको नयाँ अभियान बारे जानकारी प्रस्तुत गर्दै सो अभियानको लोगो लालबहादुर बिकको हातबाट सार्वजनिक गराएका थिए । 

  • न्युज बहार संवाददाता

थप