Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखरा जाहाज दुर्घटना, फ्लाइट डाटा रेकर्डमा भेटिएको तथ्य सार्वजनिक ।

बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको ।

  •   ४ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । माघ १ गते मागे सङ्क्रान्तिको दिन पोखरामा जाहाज दुर्घटना भएको आज २३ दिन भएको छ । आज यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको को फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ ।

आयोगले दिएको जानकारी अनुसार अनुसन्धान गर्दा जाहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको कारणले गर्दा दुर्घटना  भएको बताएको छ ।

एक प्राविधिकका अनुसार माथी बताएको जस्तो अवस्थामा जहाजमा अचानक अत्यधिक घर्षण उत्पन्न हुन्छ, जहाजलाई अगाडि लैजाने सामार्थ्य इन्जिनमा हुँदैन र जहाज आकाशबाट सिधै कुनै गह्रौं वस्तु खसे जसरी छिटोछिटो भुइँमा खस्ने गर्छ यसरी नै उक्त जहाज दुर्घटनामा परेको आयोगले जानकारी दिएको छ। यो जहाज दुर्घटनामा जहाजमा सवार ७२ जनाको नै ज्यान गएको थियो ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए अनुसार उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे आयोगले प्राविधिक र मानवीय दुवै पक्षको थप अनुसन्धान गरिरहेको छ ।  

थप