Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

बालुवाटारमा दुई पार्टीका अध्यक्षहरु सँग प्रधानमन्त्रीको भेटवार्ता ।

छलफलको विषय गृहमन्त्रालय ।

  •   १० महिना अघि | १८ माघ २०७९, बुधबार

१८ माघ, काठमाडौँ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दुई पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग छुट्टाछुट्टै छलफल तथा भेटवार्ता गरेका छन्बालुवाटार प्रधानमन्त्री निवासमा भएको भेटमा अहिलेको समसामयिक राजनीतिबारे छलफल भएको जानकारी आएको छ । सत्ता साझेदार अर्को पार्टी रास्वपाका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद खारेज भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन्

गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढीरहेको देखिन्छ । हिजो पनि रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बिच यही विषयमा छलफल भएको थियो । रास्वपाले पनि आफूले पुन गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताउँदै आएको छ । प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्।

  • bahar@gmail.com

थप