Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बालुवाटारमा दुई पार्टीका अध्यक्षहरु सँग प्रधानमन्त्रीको भेटवार्ता ।

छलफलको विषय गृहमन्त्रालय ।

  •   ४ वर्ष अघि | १८ माघ २०७९, बुधबार

१८ माघ, काठमाडौँ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दुई पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग छुट्टाछुट्टै छलफल तथा भेटवार्ता गरेका छन् । बालुवाटार प्रधानमन्त्री निवासमा भएको भेटमा अहिलेको समसामयिक राजनीतिबारे छलफल भएको जानकारी आएको छ । सत्ता साझेदार अर्को पार्टी रास्वपाका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद खारेज भएपछि उनले सम्हालेको गृह मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं राखेका छन् ।

गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढीरहेको देखिन्छ । हिजो पनि रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बिच यही विषयमा छलफल भएको थियो । रास्वपाले पनि आफूले पुन गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने बताउँदै आएको छ । प्रधानमन्त्री प्रचण्ड भने अब गृह मन्त्रालय अरू दललाई नदिने पक्षमा छन्।

थप