Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

“के लत बस्यो मालाई.......”

“के लत बस्यो मालाई.......”

  •   ४ वर्ष अघि | ८ माघ २०७९, आइतवार

के लत बस्यो मालाई कहिले सुधार हुन्छ ? एक दीन तिमी नबोल्दा यो दिल बिमार हुन्छ । केही दिन यता युटुबमा सार्बजनिक भएको यो गजल अहिले बजारमा निकै मन पराईएको गजल हो । यो गजलका हरेक लाईन र शब्दहरु अहिले सामाजिक संजाल विशेषत टिकटकमा भाइरल भइरहेको छ ।" के लत बस्यो मलाई ... " का गायक तिलक सिंह पेला हुन । उहाँकै सुमधुर आवाजमा यो गजलले नेपाली संङ्गीतिक क्षेत्रमा नयाँ आयाम थपेको छ ।

उहाँ गायक तथा संगितकार तिलक सिंह पेलाको निवासमा पुग्दा उनी ज्यादै ब्यस्त देखिनु हुन्थ्यो । कयौं मिडियाका फोनले उनको हात कानमा नै परिरहेको थियो । फोन काटेर हातमा राखेपछि उनले भने साच्चै मेरो आखा रसाएका छन । सुदुरुपश्चिम जस्तो विकट क्षेत्रमा जन्मिएको मैले आज यति धेरै श्रोताको माया पाएको छु । यो मायालाई अझै नघटाउनुहोला म फेरि अर्को संगीत कोसेली अवश्य पस्कनेछु ।

थप