Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास

  •   १६ घण्टा अघि | २५ असोज २०८३, आइतवार

असोज २५, काठमाडौँ । दसैँका बेला खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा खाली सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ। तर, जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न मिल्ने भनिए पनि केही उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर मात्रै साटिदिएको उपभोक्ताहरूले गुनासो गरेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार आइतबार घटस्थापनादेखि फूलपातीसम्म यो व्यवस्था सञ्चालन हुनेछ। यसअन्तर्गत उपभोक्ताले आफूसँग रहेको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साट्दा थप शुल्क तिर्नुपर्ने छैन भने भरिएको ग्यासको निर्धारित मूल्य भने भुक्तानी गर्नुपर्नेछ।

संघले उपत्यकाका ६ वटा स्थानबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने प्रबन्ध मिलाएको छ। कलंकीस्थित श्रीकृष्ण ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा ग्यास वितरण भइरहेको छ।

त्यसैगरी, बालाजुस्थित नेपाल ग्यास उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट पनि उपभोक्ताले सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

  • न्युज बहार संवाददाता

थप