Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी

  •   १६ घण्टा अघि | २५ असोज २०८३, आइतवार

असोज २५, काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो भेगमा सुक्खा पहिरो खसेर नदीको बहाव अवरुद्ध भएको र पछि थुनिएको भाग खुलेसँगै लेदोसहितको आकस्मिक बाढी आएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अधिकारीहरूले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारीअनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ मा पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको थियो। पहिरोले अवरुद्ध भएको नदीको बहाव पुनः खुलेपछि लेदोसहितको बाढी आएको सेनाले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप