Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सामाजिक संजालमा #BoycottCAN अभियान ।

नेपाल क्रिकेट संघ क्यानको विरोधमा #BycottCAN

  •   ३ वर्ष अघि | २० माघ २०७९, शुक्रबार

माघ २०, काठमाडौं । समाजिक सञ्जालमा युवा क्रिकेटर सन्दीप लमिछानेलाई राष्ट्रिय क्रिकेट टोलिमा समाबेश गराएको भन्दै नेपाल क्रिकेट संघ क्यानको विरोध सुरु भएको छ। बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै केही सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले #BoycottCAN को अभियान सुरु गरेका छन। उनीहरुले भोलि माघ २१ गते शनिबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न घोषणा समेत गरेका छन। त्यसैगरी सबैलई विरोध प्रर्दशनमा उपस्थित हुनको लागी आह्वान पनि गरेका छन्।


सामाजिका सञ्जाल ट्विटरमा बसन्त गौतमले #BoycottCAN भन्दै ट्वीट गरेका छन्, ‘फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेलमार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पुर्‍याएर क्यानले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले महत्व राख्दैनन् भन्ने जनाउ दिएको छ । त्यसै गरी माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान #BoyCottCAN’ यस्तै ट्वीटको संख्या अहिले बढिरहेको छ । सामाजिक संजालमा #BoycottCAN अभियान को अभियान  नै चलेको छ ।


थप