Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

पोखरा जाहाज दुर्घटना, फ्लाइट डाटा रेकर्डमा भेटिएको तथ्य सार्वजनिक ।

बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको ।

  •   १० महिना अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । माघ १ गते मागे सङ्क्रान्तिको दिन पोखरामा जाहाज दुर्घटना भएको आज २३ दिन भएको छ । आज यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको को फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ ।

आयोगले दिएको जानकारी अनुसार अनुसन्धान गर्दा जाहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको कारणले गर्दा दुर्घटना  भएको बताएको छ ।

एक प्राविधिकका अनुसार माथी बताएको जस्तो अवस्थामा जहाजमा अचानक अत्यधिक घर्षण उत्पन्न हुन्छ, जहाजलाई अगाडि लैजाने सामार्थ्य इन्जिनमा हुँदैन जहाज आकाशबाट सिधै कुनै गह्रौं वस्तु खसे जसरी छिटोछिटो भुइँमा खस्ने गर्छ यसरी नै उक्त जहाज दुर्घटनामा परेको आयोगले जानकारी दिएको छ। यो जहाज दुर्घटनामा जहाजमा सवार ७२ जनाको नै ज्यान गएको थियो ।

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए अनुसार उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे आयोगले प्राविधिक र मानवीय दुवै पक्षको थप अनुसन्धान गरिरहेको छ ।  

  • bahar@gmail.com

थप