Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लिडर बन्ने दौडमा बैंकहरु ।

लिडर बन्ने दौडमा बैंकहरु ।

  •   ३ वर्ष अघि | १६ माघ २०७९, सोमवार

माघ १६, काठमडौँ । पछिल्लो समय बैंकहरू आफ्नो क्षेत्रको लिडर बन्ने दौडमा रहेका छन् । हाल वाणिज्य बैंकहरू बीच बजारलाई कसले लिड गर्ने भन्नेमा कडा प्रतिस्पर्धा देखिएको छ । बैंकिङ क्षेत्रकै ठूलो बन्न बैंकहरू बीच मर्जरको लहर नै चलेको छ । जसबाट प्राप्त हुने सिनर्जीबाट आफूलाई बैंकिङ क्षेत्रकै लिडर बनाउन उनीहरू प्रयासरत छन् । विगत १ दशक अघिसम्म नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गथ्र्यो । हाल मुख्य गरी ४ बैंक बैंकिङ लिडर बन्न कडा प्रतिस्पर्धाम उत्रिएका छन् । बिग मर्जरबाट ठूला बनेका ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र चुक्ता पूँजीका आधारमा सानै भए पनि व्यापार व्यवसाय, शाखा विस्तारमा आक्रमक रहेको एनआइसी एशिया बीच लिडर बन्न तीव्र प्रतिस्पर्धा देखिन्छ । अहिले बैंकङि क्षेत्रमा नम्बर वान बन्ने दौडमा निजी क्षेत्रका मुख्य गरी नबिल बैंक, एनआइसी एशिया, इन्भेष्टमेन्ट मेगा र ग्लोबल आइएमइ बैंक रहेका छन् । वासलतका अधिकांश सूचकमा यी बैंकहरू बीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट कमजोर भएका बीचका केही वर्ष नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । अधिकांश वित्तीय सूचकमा नबिल बैंकले नम्बर १को ताज पहिरिरह्यो । तर, पछिल्लो ३/४ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती हुन् आक्रमक व्यवसाय विस्तार नीति अगाल्दै अघि बढेको एनआइसी एशिया र एकपछि अर्को बिग मर्जरपछि प्राप्त सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक ।

थप