Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

लिडर बन्ने दौडमा बैंकहरु ।

लिडर बन्ने दौडमा बैंकहरु ।

  •   १० महिना अघि | १६ माघ २०७९, सोमवार

माघ १६, काठमडौँ । पछिल्लो समय बैंकहरू आफ्नो क्षेत्रको लिडर बन्ने दौडमा रहेका छन् । हाल वाणिज्य बैंकहरू बीच बजारलाई कसले लिड गर्ने भन्नेमा कडा प्रतिस्पर्धा देखिएको छ । बैंकिङ क्षेत्रकै ठूलो बन्न बैंकहरू बीच मर्जरको लहर नै चलेको छ । जसबाट प्राप्त हुने सिनर्जीबाट आफूलाई बैंकिङ क्षेत्रकै लिडर बनाउन उनीहरू प्रयासरत छन् । विगत १ दशक अघिसम्म नेपाली बैंकिङ क्षेत्रका दुई चिर प्रतिद्धन्दी बैंकहरू थिए, नबिल बैंक र नेपाल इन्भेष्टमन्ट बैंक । वासलतका हरेक सूचकहरूमा यी दुई बैंक बीच कडा प्रतिस्पर्धा हुने गथ्र्यो । हाल मुख्य गरी ४ बैंक बैंकिङ लिडर बन्न कडा प्रतिस्पर्धाम उत्रिएका छन् । बिग मर्जरबाट ठूला बनेका ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र चुक्ता पूँजीका आधारमा सानै भए पनि व्यापार व्यवसाय, शाखा विस्तारमा आक्रमक रहेको एनआइसी एशिया बीच लिडर बन्न तीव्र प्रतिस्पर्धा देखिन्छ । अहिले बैंकङि क्षेत्रमा नम्बर वान बन्ने दौडमा निजी क्षेत्रका मुख्य गरी नबिल बैंक, एनआइसी एशिया, इन्भेष्टमेन्ट मेगा र ग्लोबल आइएमइ बैंक रहेका छन् । वासलतका अधिकांश सूचकमा यी बैंकहरू बीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट कमजोर भएका बीचका केही वर्ष नबिल बैंकको प्रतिस्पर्धी कोही नभए झैं देखियो । अधिकांश वित्तीय सूचकमा नबिल बैंकले नम्बर १को ताज पहिरिरह्यो । तर, पछिल्लो ३/४ वर्ष यता नबिललाई टक्कर दिने गरी दुई बैंकको उदय भएको देखिन्छ । ती हुन् आक्रमक व्यवसाय विस्तार नीति अगाल्दै अघि बढेको एनआइसी एशिया र एकपछि अर्को बिग मर्जरपछि प्राप्त सिनर्जीबाट लम्किँदै गरेको ग्लोबल आइएमई बैंक ।

  • bahar@gmail.com

थप