Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रेमप्रसाद आचार्य घटनामा जोडिएकाहरुसँग प्रहरीले लियो बयान ।

आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरीले विश्लेषण गरिरहेको छ ।

  •   ४ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएर सकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए अनुसार मृतकले उठाएको विषयसँग सबन्धितहरुसँग बयान लिने काम सकिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको क्रममा क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरूसँग बयान लिएको थियो । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले १ लाख ७५ हजार नदिएको आचार्यले सामाजिक सञ्जाल मार्फत आरोप लगाएका थिए ।

त्यसैगरी ५–७ लाखको समान अर्डर गरेर बिग मार्टले थोरै रकम मात्र भुक्तानी गरेको आचार्यले आत्मदाह अघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् । त्यस्तै उनले आत्मदाहा गर्नु अघी धेरै जना ठुला घरानाका व्यापारीहरुको नाम उल्लेख गरी सामाजिक सञ्जालमा राखेका छन । यस लिष्टमा पवन गोल्यान, थापाथलि स्थित सुजुकी शोरुम, शान इन्टरनेशनल, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ आदी नामहरु समावेश थियो ।

एसएसपी दानबहादुर कार्की भन्छन् “सामान किनबेच भएको र आर्थिक कारोबारको अवस्था विश्लेषण गर्दैछौं, आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरीले विश्लेषण गरिरहेको छ, अनुसन्धान सकेर मुद्दाबारे सरकारी वकिल कार्यालयसँग राय लिन्छौँ।” 

थप