Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

प्रेमप्रसाद आचार्य घटनामा जोडिएकाहरुसँग प्रहरीले लियो बयान ।

आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरीले विश्लेषण गरिरहेको छ ।

  •   १ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । आफैँलाई पेट्रोल छर्केर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको घटनामा जोडिएकाहरूसँग प्रहरीले बयान लिएर सकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए अनुसार मृतकले उठाएको विषयसँग सबन्धितहरुसँग बयान लिने काम सकिएको

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको क्रममा क्याथफोर्ड कलेजका सञ्चालक सुमन कटुवालसहित १२ जना व्यक्ति र संस्थाका प्रतिनिधिहरूसँग बयान लिएको थियो । ललितपुरको बालकुमारीमा सञ्चालित क्याथफोर्ड कलेजले १ लाख ७५ हजार नदिएको आचार्यले सामाजिक सञ्जाल मार्फत आरोप लगाएका थिए

त्यसैगरी ७ लाखको समान अर्डर गरेर बिग मार्टले थोरै रकम मात्र भुक्तानी गरेको आचार्यले आत्मदाह अघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख गरेका छन् । त्यस्तै उनले आत्मदाहा गर्नु अघी धेरै जना ठुला घरानाका व्यापारीहरुको नाम उल्लेख गरी सामाजिक सञ्जालमा राखेका छन । यस लिष्टमा पवन गोल्यान, थापाथलि स्थित सुजुकी शोरुम, शान इन्टरनेशनल, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ आदी नामहरु समावेश थियो ।

एसएसपी दानबहादुर कार्की भन्छन् सामान किनबेच भएको र आर्थिक कारोबारको अवस्था विश्लेषण गर्दैछौं, आरोपीहरूले बयानमा भनेका कुरा र तथ्यहरूबारे प्रहरीले विश्लेषण गरिरहेको छ, अनुसन्धान सकेर मुद्दाबारे सरकारी वकिल कार्यालयसँग राय लिन्छौँ 

  • bahar@gmail.com

थप