Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केहि दिन यता बढ्यो देशभर गर्मी

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । बिगत केहि दिन यता देशभर गर्मी बढेको छ । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा मनसुन भित्रिएको थियो।  तर उक्त मनसुन कोशी प्रदेशभन्दा पश्चिमतर्फ भने सर्न सकिरहेको छैन भने मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न नसकेको मौसमविदहरुले जनाएका छन ।

कोशी प्रदेशमा सक्रिय भएको मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको १२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु अझै शक्तिशाली छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अब मनसुनी वायु कोशी प्रदेशभन्दा पश्चिमतिर अघि बढ्दा चर्किएको घामबाट एक/दुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन् ।

  • न्युज बहार संवाददाता

थप