Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

पुर्ण बिक्रम शाह (पल शाह) लाई १५ दिन भित्र उपस्थित गराउन पोखरा उच्च अदालतको आदेश ।

पल शाहलाई जिल्ला अदालत तनहुँले भने सफाइ दिएको थियो ।

  •   १० महिना अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । पोखरा उच्च अदालतले अभिनेता पल शाह (पुर्ण बिक्रम शाह)लाई १५ दिन भित्र उपस्थित गराउन आदेश दिएको छ । बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको हो शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको छ। अभिनेता अहिले नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका छन । 

जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुराचार मुद्दामा पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

पल शाहलाई जिल्ला अदालत तनहुँले भने सफाइ दिएको थियो ।

पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले अब पल शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ । 

  • bahar@gmail.com

थप