Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पुर्ण बिक्रम शाह (पल शाह) लाई १५ दिन भित्र उपस्थित गराउन पोखरा उच्च अदालतको आदेश ।

पल शाहलाई जिल्ला अदालत तनहुँले भने सफाइ दिएको थियो ।

  •   ४ वर्ष अघि | २३ माघ २०७९, सोमवार

माघ २३, काठमाडौँ । पोखरा उच्च अदालतले अभिनेता पल शाह (पुर्ण बिक्रम शाह)लाई १५ दिन भित्र उपस्थित गराउन आदेश दिएको छ । बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुबै पक्षलाई झिकाउने आदेश दिएको हो । शाहसहित दुवै पक्षलाई झिकाउन उच्च अदालतले आदेश दिएको छ। अभिनेता अहिले नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका छन । 

जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुराचार मुद्दामा पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 

पल शाहलाई जिल्ला अदालत तनहुँले भने सफाइ दिएको थियो ।

पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले अब पल शाहलाई १५ दिनभित्र उच्च अदालत पोखरामा उपस्थित गराउनुपर्नेछ । 

थप