चैत १७, काठमाडौँ । देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशको सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने जानकारी महाशाखाले गराएको छ।
आज शुक्रवार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ भने देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। यो क्रम आज राति पनि जारी नै रहने छ।
- न्युज बहार संवाददाता