असार २०, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भइरहेको छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।भने लुम्बिनी प्रदेश र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
त्यसैगरी आज राति सुदूरपश्चिम प्रदेश र लुम्बिनीको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको र सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता