शुभ बिहानी, आज २०८० साल असार १४ गते, असार शुक्ल एकादशी तिथी बिहिबार। न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज मनमा शान्तिको अनुभूति होला। सांस्कृतिक क्षेत्रमा
रुचि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्ने र वैदेशिक कार्य पनि अघि बढेर जानेछ।
वृष - तपाईको
आज इच्छा र आकाङ्क्षा पूर्ण होलान। दाम्पत्य
जीवन सुखमय रहनेछ। नयाँ वस्त्र, अलङ्कारको
प्राप्ति हुने र वित्तीय संस्थाबाट लाभ नै मिल्ने समय छ।
मिथुन - तपाईको
आज विश्वास र आस्था बढ्ने, धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्ने, विद्या र बुद्धिको विकास हुने र दाम्पत्य जीवन सुखमय नै रहने
समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज मनमा दुबिधा उत्पन्न हुनसक्छ, स्वास्थ्य तथा
शृङ्गारमा धन खर्च होला, आर्थिक कारोबारमा मन्दी आउने र साँझमा धन हात पर्नसक्ने सम्भावना छ।
सिंह – तपाईलाई आज
प्रेमीको सहयोग प्राप्त होला। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र चिन्ता छाडेर
चिन्तन गर्ने तथा कहीँ कतै भ्रमण गर्ने योजना पनि बन्न सक्ने समय छ।
कन्या - कन्या राशीका तपाईको आज सुखद् यात्राको, स्व विवेकको प्रयोगले कार्य
सिद्ध हुने, वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहने योग रहेको छ।
तुला - तपाइको आज दूरदराजमा
रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त होला। पुराना साथीभाइसित भेटघाट होला।
सोच्दै नसोचेको धन हात लाग्न सक्ने समय छ।
वृश्चिक – तपाईको आज पढाई लेखाइमा समय दिन नसक्नाले अरुभन्दा पछि
परिने र व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्ने सम्भावना रहेको छ।
धनु – तपाइको आज धार्मिक कार्यमा मन जाला। लामो समयदेखि रोकिएका
अधुरा कामहरू पुरा होला। शुभकार्यको चर्चा चल्ने र सांगीतिक क्षेत्रमा रुचि बढ्न
सक्नेछ।
मकर - मकर राशीका आज रोकिए काम
दोहोर्याएर गर्दा फाइदा होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने र जीवनसाथीको
सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्ने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज मनमा उत्साहका साथै
बोली बिक्ने, शुभकार्यको चर्चा हुने, नयाँ
जिम्मेवारी पाइने र साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने समय रहेको छ।
मिन –
तपाइको आज आजको
दिन त्यति भरपर्दो छैन, अप्रिय समाचारले दुखी बनाउनसक्ला। दैनिक कामकाजमा समस्या
पैदा हुन सक्ने हुनाले ध्यान दिनु आवश्यक होला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता