Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज देशभर धनतेरस पर्व मनाइयो

  •   ९ महिना अघि | २ कार्तिक २०८२, शनिबार

कार्तिक १, काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीको दिन पर्ने धनतेरस पर्व आज देशभर मनाइएको छ। यस दिन घरका पूजाकोठामा नयाँ धातुका भाँडाकुँडा (जस्तै सुन, चाँदी, तामा आदि) ल्याई स्थापना गरी धनका देवता कुबेरको विशेष पूजा गरिन्छ। कुबेरको जयन्तीका अवसरमा गरिएको यो पूजा केही स्थानमा लक्ष्मीपूजाको दिनसमेत गरिने परम्परा छ।

धनतेरसलाई भाण्ड त्रयोदशीपनि भनिन्छ। आज ल्याइएका नयाँ भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। हिन्दू सनातन परम्पराअनुसार यसरी पूजा गर्दा लक्ष्मी देवी स्थायी रूपमा बस्ने जनविश्वास रहेको छ।

यस अवसरमा सुनचाँदीका गहना किन्ने चलन पनि छ। धार्मिक आस्थाका कारण आज बजारमा भाँडाकुँडा र गरगहना किन्ने मानिसहरूको भीड लागेको छ।

  • न्युज बहार संवाददाता

थप