Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्र प्रमुखहरूको उपस्थिति, बढ्यो लड्केश्वर धामको गरिमा

  •   १ वर्ष अघि | ३ जेष्ठ २०८२, शुक्रबार

जेठ २, काभ्रे । कालाग्निरुद्र पीठ लड्केश्वर धाममा २०८० सालमा सम्पन्न भएको राष्ट्रिय कोटिहोममा नेपालका वर्तमान तथा पूर्व राष्ट्र प्रमुखहरूको ऐतिहासिक सहभागिताले यस धार्मिक आयोजनाको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पूजामा सहभागी भएका थिए । राजनीतिक विचारधाराको हिसाबले फरक भूमिकामा रहेका यी व्यक्तित्वहरू एउटै पूजास्थलमा, एउटै संकल्पमा सहभागी हुनु लड्केश्वर धामको विशेष मान्यताको परिचायक बनेको आयोजकहरूले बताएका छन् ।

यो सहभागिताले धार्मिक एकताको सन्देश दिएको मात्र होइन, जनआस्था, संस्कृति र सनातन परम्पराप्रति राज्यका उच्च तहबाट देखिएको श्रद्धा पनि उजागर गरेको छ । कोटिहोम संयोजक मुकुन्द शर्मा भन्छन्, “धर्म राजनीतिक विभाजनभन्दा माथि छ भन्ने उदाहरण यस पूजाले स्थापित गर्‍यो ।”

  • न्युज बहार संवाददाता

थप