Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिजका दिन भक्तजनको भीडलाई सहज बनाउन यी क्षेत्रमा सवारी निषेध

  •   १ वर्ष अघि | ८ भदौ २०८२, आइतवार

भदौ ८, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तिज पर्वमा भक्तजनको भीडलाई सहज बनाउन विशेष ट्राफिक तथा पार्किङ व्यवस्थाको प्रवर्धन गरेको छ ।  

कोषले आइतबार पत्रकार सम्मेलनमार्फत यस बारे जानकारी गराएका हो । कोषका अनुसार मेला अवधिभर पशुपति क्षेत्रलाई पूर्ण रूपमा सवारी निषेधित क्षेत्र बनाइएको छ । 

महास्नानघर पश्चिम, उमाकुण्ड, वनकाली क्षेत्र, दक्षिणामूर्ति, भुवनेश्वरी–गौशालाको दर्शन मार्गमा कुनै पनि साधारण सवारी प्रवेश गर्न नपाउने व्यवस्था गरिएको सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसलाले जनाएको छ ।

कोषका अनुसार दमकल, एम्बुलेन्स र घाटसम्म पुग्ने शव वाहनलाई भने छुट दिइने छ । कोषले अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ ।

तिजको दिनको लागि पार्किङका व्यवस्था :

सिफल चौरको खाली स्थान – भक्तजनका सवारी साधन

तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र – भक्तजनका सवारी साधन

गुह्येश्वरी पारीका खाली स्थान – भक्तजनका सवारी साधन

भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधन मात्र

पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर र अमालकोट कचहरी परिसर – कोषका आफ्ना सवारी साधन तथा पर्वसँग सम्बन्धित निकायका सवारी साधन

  • न्युज बहार संवाददाता

थप