भदौ २२, काठमाडौँ । आज भाद्र शुक्ल पूर्णिमाको अवसरमा यो वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण लाग्दैछ, जुन खग्रास चन्द्रग्रहण हो।
खग्रास चन्द्रग्रहणको समयमा चन्द्रमा
रातो देखिन्छ, जसलाई सर्वसाधारण
भाषामा ‘ब्लड मुन’ भनिन्छ। यो रातो रङ देखिनुको कारण
पृथ्वीको वायुमण्डलले नीलो प्रकाशलाई छरछिट्ट पारेर मात्र रातो प्रकाश
चन्द्रमासम्म पुग्ने भएकाले हो।
यो चन्द्रग्रहण नेपाल, भारत, एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५
प्रतिशत जनसंख्याले प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। नेपाल पञ्चाङ्ग निर्णायक
विकास समितिका अनुसार चन्द्रग्रहण राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ।
यदि मौसम सफा भएमा काठमाडौंबाट लगभग साढे तीन घण्टासम्म चन्द्रग्रहण देख्न सकिनेछ।
यस वर्षको अर्को
चन्द्रग्रहण फागुन शुक्ल पूर्णिमाको दिन खण्डग्रास स्वरूपमा लाग्ने समितिले
जानकारी दिएको छ। सामान्यतः चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसीको दिनमा लाग्ने
गर्दछ।
- न्युज बहार संवाददाता