Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पुस ५ गते बिहिबारको राशीफल

  •   ३ वर्ष अघि | ५ पुस २०८०, बिहिबार

शुभ बिहानी, आज २०८० साल पुस ५ गते, मंसिर शुक्ल नवमी तिथी बिहिबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको आज भगवानको आशीर्वादले काम बन्नेछ, भनेको कुराको विपरीत अर्थ लाग्ने हुनाले स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्नेछ।

वृष – तपाइको आज अरुको भलाइका लागि दौडधुप गर्नु पर्ला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। आकस्मिक धन लाभ हुने र मिहिनेत गर्दा अधिक प्रगति हुनेछ।

मिथुन - तपाईको आज वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहला। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न होलान।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति होला। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नुका साथै धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिनेछन।

सिंह – तपाईको आज दैनिकी काममा चुनौतीको सामना गर्नुपर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला।

कन्या – कन्या राशी हुनेहरुको लागी आज वैदेशिक कार्य अघि बढेर जानेछ। नयाँ र शुभ समाचार सुन्न पाइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनुका साथै कला र गलाको प्रभाव बढ्ने देखिन्छ।

तुला - तपाइको आज कतिपय राम्रा अवसरहरू प्राप्त होलान। रोकिएका काम पुनः सुरु होला, सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै गरेका कामबाट धेरैलाई फाइदा पुग्न हुनेछ।

वृश्चिक – तपाईको आज साथीभाइले राम्रै सहयोग जुटाउनेछन्, तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय रहेको छ। आर्थिक कारोबारमा सफलता पाइनेछ।

धनु – तपाइको आज धर्मकर्म तथा समाजसेवामा मन जानेछ। आँटेको कार्यमा बाधा आउन सक्छ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहुन सक्छ।

मकर - मकर राशीका तपाइको आज दिन भाग्यशाली भएर देखा पर्न सक्छ। कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै सामाजिक कामबाट प्रशंसा प्राप्त होला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। छोटो दुरीको लाभदायक यात्रा होला। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन।

मिन – तपाइको आज शुभ कार्यको चर्चा पनि हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा होला। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप