Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज साउन ३१ गते बुधबारको राशीफल।

  •   ३ वर्ष अघि | ३१ साउन २०८०, बुधबार

शुभ बिहानी, आज २०८० साल साउन ३१ गते, साउन कृष्ण औँशी तिथी बुधबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज कामको चापले धपेडी होला। निर्णय कार्यान्वयन हुन नसक्ला। मन भावुक र उत्ताउलो बन्ला, तर धर्म र आस्थामा मन भने जानेछ।

वृष  तपाइको आज नयाँ र शुभकार्यको चर्चा होला। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव पाइएला। आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति होला।

मिथुन - तपाईले आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पार्नुहुनेछ। रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुने छन।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज आफन्त र मित्रसँग भेटघाट हुने, धर्म, कर्ममा मन लाग्ने, दैनिक कार्यमा प्रगति हुने र सवारी साधन प्राप्तिको योग रहेको छ।

सिंह तपाईको आज जिद्दीपनाले गर्दा काम बिग्रने भय छ। सौन्दर्यतामा धन खर्च होला। स्वास्थ्यमा समस्या आउने तथा, आफन्तको साथ र सल्लाह पाइनेछ।

कन्या - कन्या राशीका तपाईको आज स्वादिष्ट भोजनको अवसर रहेको छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढेर जाला। दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहला।

तुला - तपाइको आज एउटै कामबाट दोहोरो लाभ पाइएला। बहुप्रतिक्षित काममा सफलता हात पर्ला। कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिने समय छ।

वृश्चिक  तपाईको आज बिनाप्रतिस्पर्धा फाइदा हुने, कुनै कुराले मनमा शान्ति छाउने, नयाँ कार्यको योजना बन्ने र नजिकको मित्रसँग भेटघाट हुने योग छ।

धनु  तपाइको आजको दिन लाभ, हानी, सुख, दुख बराबरी खालको भएर देखा पर्नेछ । यात्रामा बाधा आइलागे पनि समस्या समाधान होला। रोकिएका कामले पनि गति दिनेछ।

मकर - मकर राशीका तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। व्यापार व्यवसायबाट पनि राम्रो उन्नति होला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

कुम्भ - कुम्भ राशीका तपाइको आज जोशजाँगर र हिम्मत बढ्ला। विपरित वर्गबाट विशेष सहयोग पाइएला। आफूलाई मन लागेको कुरा खरिद गर्न सकिनेछ र उपहार पनि प्राप्त होला।

मिन – तपाइको आज आफन्तको प्रगतिमा मन रमाउला। नयाँ कार्य वा रोजगारको अवसर पाइएला। पुनर्मिलन हुन सक्छ। कतै घुम्न जाने योजना पनि बन्न सक्ला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप