Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज मंसिर १६ गते शनिबारको राशीफल

  •   ३ वर्ष अघि | १६ मंसिर २०८०, शनिबार

शुभ बिहानी, आज २०८० साल मंसिर १६ गते, मंसिर कृष्ण पञ्चमी तिथी शनिबार न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मे - मेष राशि हुनेहरुको लागी आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नाले मन भावुक र उत्ताउलो हुनेछ, आफूलाई अनुशासित र संयम बनाउनु होला।

वृष  तपाइको आज परीक्षामा सफलता मिल्नसक्छ। लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा होलान। कला र गलाको प्रभाव बढेर जानेछ।

मिथुन - तपाईको आज सन्तान सुख मिल्ने र धार्मिक तथा समाजसेवामा मन जानेछ। राजनैतिक कार्यमा सफलता पाइएला। साहित्यिक क्षेत्रमा रुचि बढेर जानेछ।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ। परिवारजनको साथले नयाँ आशा दिनेछ।

सिंह तपाईको आज पेटसम्बन्धी समस्याले पिरोल्न सक्नेछ। प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल होला। आर्थिक कारोबारमा मन्दी आउनेछ।

कन्या – कन्या राशी हुनेहरुको लागी आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

तुला - तपाइको आज आज शुभकार्यको चर्चा हुनेछ। नयाँ कार्यको योजना बन्नुका साथै बोलीको प्रभाव बढ्ने र वित्तिय संस्थाबाट सहयोग पाइनेछ। स्वादिष्ट भोजन पनि पाइएला।

वृश्चिक  तपाईको आज दैनिक कार्यमा प्रगति होला। कुनै कुराले मनमा शान्ति छाउने र धार्मिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु  तपाइको आज सामाजिक र राजनैतिक सम्बन्ध राम्रो होला। मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्नेछ। घरायसी समस्या बढेर जानेछ

मकर - मकर राशीका तपाइको आज आँटेको र ताकेको कार्य पुरा होला। आस मारेको काम बन्न सक्छ। दाम्पत्य जीवन सुखमय होला। अचल सम्पत्ति हात पर्ने योग रहेको छ ।

कुम्भ - कुम्भ राशीका तपाइको आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन। परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइएला। रोकिएका अधुरा कामहरू पुरा होलान।

मिन – तपाइको आज दैनिक कार्यमा प्रगति होला। सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन

  • न्युज बहार संवाददाता

थप