शुभ बिहानी, आज २०८० साल जेठ १६ गते, जेठ शुक्ल दशमी तिथी मंगलबार। न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज साथीभाइको सहयोगले
हिम्मत बढ्नेछ। धार्मिक तथा समाजसेवामा मन जाने र व्यापारबाट सोचेजस्तै लाभ
प्राप्ति हुने योग रहेको छ।
वृष - तपाईले
आज रोकिएका अधुरा कामहरू पुरा हुने र
प्रणयसम्बन्ध र रतिराग बढाउने समय साथै घरमा पाहुनाको आगमन हुने सम्भावना रहेको छ
।
मिथुन - तपाईको
आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न
हुन, निर्णायक क्षमतामा कमी आउने र आफ्नै कमजोरीले विवादमा पर्ने समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी
आज आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण
कार्य सम्पन्न होला, वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने र स्वादिष्ट खानेकुरा पनि
पाइएला।
सिंह – तपाईको आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ। धन हात
पार्न सक्छ,
तर खानपान र स्वास्थ्य प्रति सजग रहन आवश्यक देखिन्छ।
कन्या - कन्या राशीका तपाइँको आज बिहानै कुनै कुराले मन प्रसन्न हुनेछ। बोलीको
भरमा कार्य सम्पादन हुने र आफ्नो श्रमको उचित मल्याङ्कन र कदर हुने समय छ।
तुला - आज तपाइले खानपिन
र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ला, तर
परिवारमा रमाइलो जमघट हुने र अभिभावकले सन्तुष्टि जनाउने समय छ।
वृश्चिक – तपाईको आज स्वादिष्ट भोजन होला, मनोरञ्जनमा सहभागिता भइएला र
महिला वा मित्र बाट विशेष सहयोग मिल्नुका साथै बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको
छ।
धनु – तपाइको आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।
प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नुका साथै कार्यमा सफलता पाइने योग छ।
मकर - मकर राशीका तपाईको आज गोपनीय
ढङ्गले गरिएको क्रियाकलापमा सफलता हुनेछ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त होला।
रमाइलो यात्राको योग छ।
कुम्भ - कुम्भ
राशी हुनेहरुका लागी आज सानातिना
समस्यामा अल्झनुपर्ने र पाचनप्रणालीमा समस्या हुने तथा वैदेशिक काम अधुरै रहने छ, तर शेयर बजारले साथ भने दिनेछ।
मिन – तपाईले
आज विशिष्ट व्यक्तिको साथ पाउनुहोला।
आँटेको र ताकेको कार्य पुरा हुनुका साथै साहित्यिक क्षेत्रमा रुचि बढ्ने र
परोपकारका क्षेत्रमा लगानीको समय रहेको छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता