शुभ बिहानी, आज २०८० साल साउन ८ गते, अधिक साउन शुक्ल षष्ठी तिथी सोमबार। न्युज बहार. कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत
तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष राशि
हुनेहरुको लागी आज कीर्तिमानी काम
गर्ने, सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्ने र वैदेशिक कार्य अघि बढ्ने समय छ।
वृष - तपाईलाई
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्लान।
पुरानो समस्या सुल्झाउन सकिला। व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिएको
छ।
मिथुन - तपाईको आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ। यात्रामा
मालसामान हराउने र मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या पनि आउनसक्ने हुनेछ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आजको समय शुभ रहला।
नयाँ ज्ञान सिक्ने मौका पाइएला। साथीभाइसँग रमाइला पलहरू व्यतीत होला र काम गर्ने
जाँगर, उमङ्ग बढ्ने देकिन्छ।
सिंह – तपाईको आज
रमणीय र सुखद् यात्राको, विपरीत वर्ग प्रति आकर्षण बढ्ने, नयाँ कामको थालनी हुने र बोल्दा निकै विचार पुर्याउनु पर्ने योग छ।
कन्या - कन्या राशीका तपाईको आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नसक्छ।
मठमन्दिरको भ्रमणले थप ऊर्जा दिनेछ। विद्याको क्षेत्र पनि सबल नै होला।
तुला - तपाइको आज कार्य
सम्पादनमा समस्या आउला। पुँजी बजारमा लगानी नगर्दा नै राम्रो होला, तर आत्मबल बढाएर काम गरेमा सफल भइएला।
वृश्चिक – तपाईको आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिन बढी
सकारात्मक हुने छ। वित्तिय संस्थाबाट सहयोग पनि पाइएला।
धनु – तपाइको आज मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्ला। ऋण
गरेरै भएनि सामान खरीद गरिएला, तर
खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नु पर्ला।
मकर - मकर राशीका तपाइको आज साझेदारी
र सट्टापट्टामा विशेष लाभ मिल्ला। मनमा उत्साहका साथै बोली बिक्ने, घरमा अतिथिको
आगमन पनि हुने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज मनमा दुबिधा उत्पन्न
होला। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ, तर अरूको मुख नहेरी सही निर्णय लिन सक्नाले अवसरहरू
प्राप्त हुनसक्छ।
मिन –
तपाइको आज
धार्मिक यात्राको, नयाँ कार्यको योजना बन्ने, नजिकको व्यक्तिबाट आँटेको काम सफल
हुने र प्रेममा मधुरता छाउने योग छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता