शुभ बिहानी, आज २०८० साल मंसिर १७ गते, मंसिर कृष्ण षष्ठी तिथी आइतबार । आज अन्तराष्ट्रिय अपाङ्ग दिवस । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज स्वास्थ्य
बिग्रन सक्ने हुनाले सचेत रहनुहोला। विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। घरायसी
कामधन्दाका लागि खट्नु पर्ला।
वृष – तपाइको आज उपकारमा मन जाने र सामान्य समय रहनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ला।
सामाजिक क्षेत्रको काम अघि बढेर जानेछ।
मिथुन - तपाईको आज उन्नति एवं प्रगतिको वातावरण बन्ला। घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ।
मेहनतीहरूका लागि दिन फलदायी नै रहला।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज सुन्दर
पहिरनले व्यक्तित्वमा निखारता थप्नेछ, मनपर्ने खानाको परिकार खान पाइएला। धर्मकर्म
तथा समाजसेवामा मन जानेछ।
सिंह – तपाईको आज
नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्नेछ। मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस होला।
कन्या – कन्या राशी
हुनेहरुको लागी आज व्यापारमा मनग्ये धनलाभ होला। शुभकार्यको चर्चा हुनेछ। एकपछि
अर्को अवसर र सफलताले मन प्रसन्न रहला।
तुला - तपाइको आज रोकिएका काम
पुनः सुरु हुनेछन। व्यापार र व्यवसायको
सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव दिनेछ।
वृश्चिक – तपाईको आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला। विद्या र बुद्धिको विकास हुने र वैदेशिक कार्यबाट
लाभ मिल्नुका साथै सफलता पनि मिल्ने देखिन्छ।
धनु – तपाइको आज प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ। सन्तान पक्षको मायामा कमी आउला। सहकर्मीबाट विरोध आउनेछ।
मकर - मकर राशीका तपाइको आज परिश्रमअनुसार
उपलब्धि पनि राम्रै होला। पारिवारिक
जमघटमा सहभागी भइने र प्रयत्न गरे फाइदा लिन सकिने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज सन्तान सुख पाइनेछ। नयाँ कार्यको योजना आकस्मिक बन्न सक्छ। आफन्त र
साथीभाइबाट सहयोग तथा हौसला प्राप्त होला।
मिन –
तपाइको आज आर्थिक
कारोबारमा सफलता पाइनेछ। साथीभाइबाट बढी फाइदा लिने समय रहेको
छ। नयाँ काम सुरु गर्नाले उमंग बढ्ला।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता