शुभ बिहानी, आज २०८० साल भदौ १७ गते, भदौ कृष्ण चतुर्थी तिथी आइतबार । न्युज
बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा
मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।
मेष - मेष
राशि हुनेहरुको लागी आज शरीर भारी र
मन अस्थिर रहन सक्छ। लेनदेनमा सजगता अपनाउनु होला। दिनको उत्तरार्धमा अधिक धन खर्च
होला।
वृष – तपाइको आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। शुभ
समाचार सुन्न पाइनेछ। दाम्पत्य जीवन सुखमय रहला। मान प्रतिष्ठामा वृद्धि होला।
मिथुन - तपाई आज शैक्षिक क्षेत्रबाट सफलता पाइनेछ। भाग्यले
विभिन्न अवसर जुराउला। घरमा अतिथिको सेवा हुनसक्छ। प्रणयप्रसङ्गका लागि पनि
श्रेष्ठ समय छ।
कर्कट - कर्कट
राशी हुनेहरुको लागी आज कार्यमा
सफलता मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट होला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा
सफलता हुनेछ। शुभकार्यको चर्चा पनि चल्न सक्छ।
सिंह – तपाईको आज
आफूलाई कमजोर भएको अनुभूति होला। अरूको वचन टाल्न नसक्दा दुःख पाइने र खर्च पनि हुनेछ
संयम रहनु जरुरी हुनेछ।
कन्या - कन्या राशीका तपाईको आज धर्मकर्म तथा समाज सेवामा मन जानेछ। आँटेको र
ताकेको कार्य पुरा हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाइएला। मिष्ठान्न भोजन पनि
प्राप्ति हुनसक्छ।
तुला - तपाइको आज अधुरो वैदेशिक
क्षेत्रको काम अघि बढ्ला। लगनशीलताले कामहरू अगाडि बढ्लान। विश्वास गरेकाले साथ र
लाभ पनि दिने देखिन्छ।
वृश्चिक – तपाईको आज श्रमको उचित मूल्याङ्कन होला। पठनपाठनमा प्रगति होला।
मुद्दा मामिलामा विजय प्राप्ती होला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढेर जानेछ।
धनु – तपाइको आज यात्रामा बिघ्नबाधा आइलाग्न सक्ला। खानामा गडबडी होला।
आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक छ।
मकर - मकर राशीका तपाइको आज दाम
र प्रतिष्ठा कमाउने, परिवारमा सुख सन्तोष छाउने, चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध
हुने र शुभ कार्यमा मन पनि जाने समय छ।
कुम्भ - कुम्भ
राशीका तपाइको आज नयाँ सवारी साधन
प्राप्तिको, आँटेको र ताकेको कार्य पुरा हुने, प्रतियोगितात्मक क्रियाकलापमा विजय
प्राप्त हुने योग छ।
मिन –
तपाइको आजबाट
नयाँ कार्यको थालनी हुनेछ। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ। धार्मिक तथा
समाजसेवामा पनि मन लाग्न सक्छ।
राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।
- न्युज बहार संवाददाता