Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सडकमा कुखुरा र अण्डा फालेर विरोध ।

सडकमा लिएर आएका अण्डा र कुखुराहरु त्यसै छाडेर फर्केका छन

  •   ४ वर्ष अघि | २४ माघ २०७९, मङ्लबार

माघ २४, झापा । झापाको मुक्तीचोकमा किसानले अण्डा र कुखुरा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन । प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंले बताए अनुसार आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको जानकारी दिएका छन ।

कृषि प्रदान देशमा कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेको र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरणमा खासै चासो नदिएकोले सरकारको ध्यानआकर्षण गर्नको लागी बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताएका छन । सरकाले हाम्रो  समस्या कहिले देखेन उनि गुनासो गर्छन ।

हाम्रो उत्पादन हामिसँग थोरैमा किनेर बजारमा हाम्रो उत्पादित बस्तु धेरैमा बेच्ने बिचौलियाहरुको यस्तो अवस्था हटाउन सरकारको ध्यान जानुपर्छ भन्ने पहल गरेका छौँ । उपभोक्ताले १५ रुपैयाँमा पसलबाट किनेको एउटा अण्डाको मुल्य हामीले मात्र ८ रुपैयाँ पाउँछौ उनले भने, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण किसान मर्ने र बिचौलिया मोटाउने स्थिति सृजना भएको छ, यो स्थिति हटाउन सरकारले पहल गर्नुपर्छ।

किसानले प्रदर्शनको लागी सडकमा लिएर आएका अण्डा र कुखुराहरु त्यसै छाडेर फर्केका छन । ‘बढ्दो ब्याज, महँगीका कारण कुखुरा पाल्ने स्थिति नै छैन के पाल्नु भनेर त्यहीँ छाडेर आएको किसान भरत चम्लागाईंले बताएका छन । यस आन्दोलनमा झापाका सम्पुर्ण किसानको पुर्ण रुपमा सहमती रहेको जानकारी प्रदर्शनमा उपस्थित सबैले जानकारी दिए ।

थप