कार्तिक
१०, काठमाडौँ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो
त्रैमासिकमा अलैंची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। यो अवधिमा अलैंचीको
निर्यात अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढेर एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार
रुपैयाँ पुगेको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार
हुमागाईंका अनुसार तीन महिनामा कुल एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात गरिएको
हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा अलैंची निर्यातको मूल्य एक अर्ब
सात करोड २२ लाख रुपैयाँ मात्र थियो।
तर,
सोही
अवधिमा चिया निर्यात भने घटेको छ। चालु वर्षको पहिलो त्रैमासिकमा चियाको निर्यात
४०.९० प्रतिशतले घट्दै एक अर्ब एक करोड २१ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ।
अघिल्लो वर्षको पहिलो त्रैमासिकमा यसको निर्यात मूल्य एक अर्ब ७१ करोड ४० लाख ३१
हजार रुपैयाँ थियो।
- न्युज बहार संवाददाता