Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन

  •   १२ महिना अघि | २५ असोज २०८२, शनिबार

असोज २५, झापा ।  झापा डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म दुई लाख १० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको जनाएको छ। तीमध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी दिए।

उनका अनुसार, वितरण गरिएका बिरुवामध्ये ६६ हजार २८२ वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ वटा व्यक्तिगत रूपमा व्यक्तिहरू तथा संघ–संस्थाहरूलाई दिइएको हो।

यी बिरुवाबाट सामुदायिक वन क्षेत्रमा ४१.४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७.६१ हेक्टर जमिनमा वृक्षरोपण गरिएको लिम्बूले बताए।

कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेंगा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुल लगायतका जातका बिरुवा उत्पादन तथा वितरण गरेको छ।

  • न्युज बहार संवाददाता

थप