Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्ट्रबेरीको मुख्य सिजन, ठूला र आकर्षक स्ट्रबेरीको मूल्य बढी

  •   ९ महिना अघि | २४ पुस २०८२, बिहिबार

पुस २४, काठमाडौँ । अहिले स्ट्रबेरीको मुख्य सिजन चलिरहेको छ । कात्तिकको अन्त्यदेखि वैशाखसम्म स्ट्रबेरीको सिजन मानिन्छ । तर स्ट्रबेरी पछिल्लो समय अफसिजनमै पनि राम्रो उत्पादन हुन थालेको छ, जसका कारण बजारमा यसको उपलब्धता र माग दुवै उच्च देखिन्छ।

हाल काठमाडौँका प्राय जसो बजारमा स्ट्रबेरी सहजै पाइन्छ। सडकछेउका नाङ्ला पसलदेखि ठूला सुपरमार्टसम्म यस फलको बिक्री भइरहेको छ। काठमाडौँमा बिक्री हुने स्ट्रबेरीमध्ये करिब ९५ प्रतिशत ककनीबाट आपूर्ति हुने गरेको छ भने बाँकी ५ प्रतिशत काठमाडौं उपत्यकाका अन्य स्थान, काभ्रे, धुलिखेलजस्ता क्षेत्रबाट आउने गर्दछ। पहिले ककनीमै सीमित रहेको स्ट्रबेरी खेती विस्तारै अन्य क्षेत्रतर्फ फैलिँदै गएको छ।

नेपाली स्ट्रबेरी गुणस्तरीय र स्वादिलो मानिन्छ। यसको मूल्य आकारका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा वर्गीकरण गरेर निर्धारण गरिन्छ। ठूला र आकर्षक स्ट्रबेरीको मूल्य बढी हुन्छ भने साना वा आकार बिग्रिएका स्ट्रबेरीको मूल्य क्रमशः कम हुँदै जान्छ।

  • न्युज बहार संवाददाता

थप