Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कर्णाली नदी किनारको बगरमा प्याज खेती, सिँचाइको सुविधा सजिलै उपलब्ध

  •   ७ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, टीकापुर । टिकापुर नगरपालिका–८ का पुनिराम थारू विगत पाँच वर्षदेखि कर्णाली नदी किनारको बगर क्षेत्रमा खेती गर्दै आएका छन्। सिँचाइको सुविधा सजिलै उपलब्ध हुने र राम्रो उत्पादन हुने भएकाले उनले नदी किनार तथा टापु क्षेत्रलाई कृषिका लागि उपयोग गर्दै आएका हुन्।

उनले विशेषगरी प्याजखेतीलाई प्राथमिकता दिएका छन्। नदीको बालुवायुक्त जमिनमा लगाइएको प्याजखेती आकर्षक देखिन्छ। प्रत्येक वर्ष उनी करिब १०–१२ क्विन्टल प्याज उत्पादन गर्दै आएका छन्। प्याजसँगै धनिया, मकै, बन्दागोभी र टमाटर पनि उत्पादन गर्छन्।

उनका अनुसार बालुवामा प्याजले राम्रो फल दिन्छ, र सिँचाइको सहज पहुँच हुँदा उत्पादन अझ बढ्छ। पहिले प्रयोगविहीन रहेको बगर अहिले उपयोगमा आएको छ र स्थानीयका लागि आयआर्जनको माध्यम बनेको छ।

सत्ती पुल आसपास, जसले राजापुर नगरपालिका र टीकापुर क्षेत्र जोड्छ, आजभोलि हरियालीले ढाकिएको छ। ढुंगाविहीन बालुवा भएको ठाउँमा साना–साना प्लट बनाएर लहरै प्याज खेती गरिएको दृश्य देख्न सकिन्छ।

  • न्युज बहार संवाददाता

थप