Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मौसम अनुकूल हुँदा मह धेरै उत्पादन, वार्षिक आठ लाख बढी आम्दानी

  •   २ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

वैशाख १५, सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर राम्रो आम्दानी गरिरहेका छन । उनले मौरिपालनबाटै उनले वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन्।

उनका अनुसार मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ। 

भट्टराई अहिले आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन् ।

विसं २०७२ मा बुवाकै सल्लाहमा उनले मौरीपालन सुरु गरको थिए ।  हाल उनकोमा ६२ घार मौरी रहेका छन । उनले युरोपेली मेलिफेरा जातको मौरीपालन गरिरहेका छन्।  भट्टराईका अनुसार उनले वार्षिक नौ  देखि १२ क्वीन्टलसम्म मह उत्पादन गर्ने गरेका छन । उक्त उत्पादनबाट उनले वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन ।

भट्टराईले सुरुमा मह उत्पादन भएपनि बजारको समस्या रहेको बताएका छन । अहिले भने त्यो समस्या समाधान भएको उनले जनाएका छन । मौरीलाई दैनिक स्याहार्नु नपर्ने भट्टराईको भनाई छ।

उनका अनुसार चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुन्छ ।

थप