Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धान उत्पादन बृद्धी भएपछी बागलुङका किसान खुसि

  •   ३ वर्ष अघि | ७ पुस २०८०, शनिबार

पुस ७, बागलुङ । बागलुङका किसान यस वर्ष खुसी भएका छन् । गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका किसानहरु यस वर्ष रोपाइँका बेला समयमै वर्षा भएपछि धान उत्पादनमा वृद्धि भएकोले किसान खुसि भएका हुन।

बागलुङमा गत वर्षभन्दा दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । मध्यपहाडी क्षेत्र बागलुङ भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था रहेको छ । यहाँका किसानले सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि धान उत्पादनमा मेहनत गर्दै आएका छन् ।

गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा यस वर्ष रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाको सबैभन्दा कम तमानखोला गाउँपालिका र सबैभन्दा बढी जैमिनी नगरपालिकामा धान उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालका अनुसार यस वर्ष किसानलाई मौसमले साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको हो ।

  • न्युज बहार संवाददाता

थप