Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मंगलबार कहाँ कहाँ हुनेछ भारी वर्षा?

  •   २ वर्ष अघि | १८ असार २०८१, मङ्लबार

असार १८, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  मनसुनको प्रभावले देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।

मेघ गर्जन र चट्याङसहित आज देशैभरका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी र अती भारी वर्षा हुने क्षेत्रमा हुन सक्ने बाढी, गेग्रान बहाव, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध छ ।

 

  • न्युज बहार संवाददाता

थप