चैत
७, काठमाडौँ । केही दिनयता देशका विभिन्न स्थान सहित काठमाडौं उपत्यकामा कहिले
वर्षा त कहिले घाम लाग्ने क्रम जारी रहेको छ। छिन भरमै उज्यालो घाम देख्न सकिन्छ
भने एकैछिनमा कालो बादल छाएर पानि छिट्टयाउन थाल्छ।
धेरै
दिनको यस्तो मौसमले हामिमा चैतमा पनि बर्षायामको जस्तो झरि कहिले रोकिएला भन्ने
जिज्ञासा उत्पन्न गराएको छ। कहिले रोकिन्छ त चैते झरि?
मौसम
पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि
प्रभाव रहेको छ।
यही स्थानीय
वायुसँगै पश्चिमी वायुको पनि प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही
स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।
यही क्रम
आउने बिहीबारसम्म रहने महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिएका छन।
यसको मतलब विहिबार सम्म नै देशभरी हल्का वर्षाको सम्भावना रहेको छ।
यसैगरी
झाले पर्सि विहिबार फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्ने हुनाले
त्यसले पनि केही हद सम्म असर गर्ने बताएका छन।
- न्युज बहार संवाददाता