फागुन ९,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी निम्न
चापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले बुधबार देशभर आंशिकदेखि साधारणतया बदली
रही मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित
हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै गण्डकी
प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका
केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली
भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता