कार्तिक
२२, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली
रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज बुधबार
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया
सफा रहहनेछ भने देशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च
पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी
आज राति भने महाशाखाका अनुसार कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च
पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता