बैशाख
२५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु
र स्थानीय
वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ
। यसको प्रभावले हाल देशको कोशी प्रदेश, बागमती प्रदेश,
गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश
र कर्णाली प्रदेशमा
आंशिक देखि साधरणतया बदली रहेको छ ।
आज मंगलबार
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रही लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित
हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज
राति देशभर आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश,कोशी प्रदेश
र मधेस प्रदेशका
थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित
हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता