Breaking News
गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||     राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री    ||     नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा    ||     आज अमेरीमी डलरको मुल्य घट्यो कि बढ्यो?    ||     लखनउ सुपर जाइन्ट्स विरुद्ध सनराइजर्स हैदरावाद१० विकेटले विजयी    ||     आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने    ||    

बिहिबारको मौसम : वर्षा र हावाहुरीको सम्भावना

  •   ३ हप्ता अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ।

आज बिहिबार दिउँसो देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।  गण्डकी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको चल्ने सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप