भदौ १०, काठमाडौँ
। हाल देशभर बङ्गलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव
रहेको छ।
यसको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ भने गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता