Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

देशका पहाडी भू-भागमा बाहेक अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने।

  •   ४ वर्ष अघि | १४ चैत्र २०७९, मङ्लबार

चैत १४, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रतिकूल देखि रहेको छ । 

आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ भने आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ।

त्यस्तै देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ।

आज राति भने कर्णाली प्रदेश, गण्डकी  प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भइरहने छ। गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वनुमान महाशाखाले बताएको छ।

  • न्युज बहार संवाददाता

थप