असार १, काठमाडौँ । आज शनिबार शुक्रबारको तुलनामा काठमाडौँ उपत्यकाको तापक्रम केही घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार साँझदेखि काठमाडौँमा केही शीतल हुने छ ।
विभागका मौसमविद्
सरोज पुडासैनीले शनिबार साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस
हुने जानकारी दिएका छन
उपत्यकामा शनिबार
अपराह्न र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता