Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज देशका अधिकांश स्थानमा वर्षा, कहिले हुन्छ मौसम सुधार

  •   ३ वर्ष अघि | २१ माघ २०८०, आइतवार

माघ २१, काठमाडौँ । आज देशभरको मौसममा पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण बदली भएको छ ।

मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार उक्त मौसम प्रणालीका कारण गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ भने बाँकी स्थानको मौसम बदली भइहरेको छ ।

महाशाखाका मौसमविद्का अनुसार विगत २४ घण्टामा गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज देशको राजधानी काठमाडौँका केही स्थानमा पनि हल्का पानि परेको छ ।

मौसममा भोली सोमबार साँझदेखि क्रमशः सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप