असार १६, काठमाडौँ। गएको चौबिस घन्टादेखि देशका पाँच जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ।
दाङ, रूपन्देही, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लामा गएको २४ घन्टा देखी लगातार भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
ती जिल्लाका विभिन्न स्थानहरूमा गएराति दखि नै भारी वर्षा भइरहेको छ। उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम बढेको र होँचा स्थान डुब्न सक्ने चेतावनी महाशाखाले दिएको छ।
त्यसैगरी २१४ घन्टा देखि परेको पानिका कारण कमजोर तथा भिरालो जमीनमा पहिरोको जोखिम बढेकाले अति उच्च सतर्कता अपनाउन सम्बन्धित सबैमा महाशाखाले अनुरोध समेत गरेको छ।
- न्युज बहार संवाददाता