कार्तिक
१९, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही
बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज
आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम
सामान्यतया सफा रहनेछ भने देशको पहाडी भूभागका एक–दुई स्थानहरुमा चट्याङ्गसहित हल्का
वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले
जनाएको छ।
त्यसैगरी
आज राति भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
रहेको छ।
- न्युज बहार संवाददाता