जेठ ८, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले सोमबार गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै आज बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पनि पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यता कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
- न्युज बहार संवाददाता