बैशाख २२, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहिरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज शुक्रबार बागमती प्रदेश र कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीभइ पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।
त्यस्तै आज शुक्रबार
राति भने गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक
वर्षाको सम्भावना रहेको छ भने यो क्रम शनिबार पनि निरन्तर कायमै रहने महाशाखाले
जनाएको छ ।
- न्युज बहार संवाददाता